षड्यन्त्रले गर्दा नेकपा तीन टुक्रा हुन पुग्यो : नेता थापा
मेरोन्यूज
२०७८ मंसिर १० गते १४:०८

काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले देशी विदेशी षड्यन्त्रले नेकपा तीन टुक्रामा विभाजित हुन पुगेको बताएका छन् । चितवनको जारी पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आजको राष्ट्रिय राजनीतिको परिस्थित सहज नभएको बताउँदै जनादेशको सरकार अलोकतान्त्रिक विधि परमादेशबाट विस्थापित हुन परेको बताएका थिए । ‘मुलुकको व्यवस्थापिका जनादेशबाट हैन ठाडो अध्यादेशमार्फत सञ्चालित भइरहेको छ, देशको नीति निर्माण गर्ने संसद् अस्तव्यस्त छ,’ उनले भने, ‘मुलुकको न्याय व्यवस्थालाई सेटिङको माध्यमबाट भताभुङ्ग पारिएको छ, देशलाई पुनः अशान्ति, कुसंस्कार र भ्रष्टाचारको दुष्चक्रतर्फ लगिएको छ ।’
उनले एउटा पक्ष अग्रगमन समाजवादीमा र अर्को पक्ष पश्चगमन, दलाल पुँजीपतिको पक्षमा लागेको आरोप लगाए ।
सम्बन्धित


















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया