शुक्रबार, वैशाख ४, २०८३

दाङको कांग्रेस सभापतिमा चार जनाले गराए नाम दर्ता

मेरोन्यूज २०७८ मंसिर ११ गते ७:००

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार चार जनाले नाम दर्ता गराएका छन् । संस्थापन पक्षधबाट तीन र संस्थापनइतरबाट एक गरी चार जनाले जिल्ला नेतृत्वको लागि नाम दर्ता गराएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

निर्वाचन समितिका अनुसार क्षेत्र नं. १ बाट जानकीलाल बस्नेत, क्षेत्र नं. २ बाट कमल किशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराएका हुन् । उनीहरू तीनै जना संस्थापन पक्षका हुन् ।

त्यस्तै, संस्थापन इतरबाट दाङको क्षेत्र नं. ३ का शंङकर डाँगीले मात्रै मनोनयन दर्ता गराउनु भएको छ । उनी हालका जिल्ला सचिव रहेका छन् ।

प्रतिक्रिया