जाजरकोटमा रात्री बस दुर्घटना, ५ जनाको मृत्यु, २७ घाइते
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका-१३ बराहचौरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । वाँकी २७ जना घाइते भएका छन् ।
नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको ना ६ ख २७५७ नम्बरको रात्री बस गए राति २ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
दुर्घटनामा परेर आठबिसकोट नगरपालिका रूकुमकी ४ वर्षीया दिब्या शाही, नलगाड नगरपालिका १० का शेरबहादुर परियार र सप्तरीका ४० वर्षीय गंगाराम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुई जनाको भने अझै सनाखत हुन नसकेको प्रहरीको भनाई छ ।
बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटना स्थलबाट जाजरकोट सदरमुकाम पुग्न करिब १० किलोमिटर छ।
दुर्घटनामा परेर नेपालगञ्जका २५ वर्षीय मोहन खत्री, प्रकाश थापा, जाजरकोटको बारेकोट गाउँपालिका–९ का संगीता बुढा, कालीबहादुर बोहरा, मनिषा बोहरा, वडा नम्बर ७ का प्रेम सिंह, वडा नम्बर ६ का कमल चलाउने, वडा नम्बर १ का खम्बप्रसाद पुन घाइते रहेका छन्।
जाजरकोटको नलगाड नगरपालिका–१० का अमित ध्यार, अमित धामी, अमर दमाई, वडा नम्बर ४ का हजारी वली, वडा नम्बर १ का अभिषेक परियार, वर्षा परियार, विपना परियार लगायत पनि घाइते रहेको प्रहरीले जनाएको छ।













कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
छापियो १० लाख नमुना मतपत्र
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
प्रतिक्रिया