के जबज छाडेर अधिकार कुण्ठित गर्न खोजेको हो ? : भिम रावल

काठमाडौँ । नेकपा एमालेको बन्दसत्रमा उपाध्यक्ष भिम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । उपमहासचिव विष्णु पौडेलले निर्वाचन नगरी प्यानल चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई जिम्मा दिने प्रस्ताव पेस गरेप्रति आपत्ति जनाउँदै उनले अधिकार कुण्ठित गर्न खोजेको भन्दै उम्मेदवारी दिने बताएका हुन् ।
बन्दसत्रमा उपमहासचिव पौडेलले ताली पड्काएर अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्यहरू चयन गर्ने जिम्मेवारी दिन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका थिए । त्यसका विरुद्ध अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै रावलले फरक मत राखेका हुन् ।
भिम रावलले बन्दसत्रमा राखेको मत जस्ताको त्यस्तैः
सहमति राम्रो कुरा हो तर सँगसँगै विधि पद्धति र जननेता मदन भण्डारीको अगुवाईमा हामीले पारित गरेको जनताको बहुदलीय जनवादलाई हामीले अनुसरण गर्ने, त्यसलाई व्यवहारमा कार्यन्वयन गर्दा हाम्रो पार्टी नै बिग्रेला कि भनेर हामीले त्यो दृष्टिकोण बनायौँ भने अन्ततः हामी त्यो सिद्धान्तबाट सिद्धिन पनि सक्छौँ ।
त्यसकारण म धेरै लामो कुरा गर्न चाहन्न । म त्यति बोल्ने मनस्थितिमा पनि थिइनँ । किनभने आज हाम्रो केन्द्रीय कमिटीबाट पारित योभन्दाको अगाडिको कार्यसूचीमा जुन स्थायी कमिटीबाट प्रस्तावित गरेका थियौँ, त्यसमा के थियो भने आजको बैठकमा हामीले विशिष्ट अथितिले बोल्ने, त्योबेला विधान संशोधन गर्ने कुरा थिएन । त्यसको भोलिपल्ट हामी निर्वाचनमा जाने वा सहमतिमा पनि नेतृत्व चयन गर्ने कुरा थियो ।
हेर्नुहोस्, कमरेडहरू कुनै कुरामा सहज भएको बेला यो भइहाल्छ नि भनेर ठान्यौँ भने विधि विधानमा हामीले के लेखेका छौँ ? के पारित गरेका छौँ ? भन्ने कुरा हामीले हेक्का राखेनौँ भने त्यो नै हाम्रो लागि बिस भन्न सक्दछ । हामीले केही समयअगाडि विधान महाधिवेशन पारित गरी विधान बनाएका थियौँ । अहिले संशोधन गर्नु पर्ने ? त्यो संशोधन नगरी त्यतिकै निर्वाचन गरे पनि हुने नि, तर हाम्रो सिद्धान्त र लोकतान्त्रिक परिपाटीले हाम्रो विधानले हामीलाई त्यो अनुमति दिँदैन ।
त्यसैले म हाम्रो उपमहाचिव कमरेडले जुन कुरा राख्नु भो, त्यो कुराको सन्दर्भमा म हाम्रो विधानको दुईचार वटा कुरा स्मरण गराउन चाहन्छु ।
धारा १६ : केन्दीय कमिटी – यस सन्दर्भमा राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको निर्वाचन गरिनु पर्छ । यसरी कसैले उम्मेदवारी नदिएपछि कसरी निर्वाचन हुन्छ । कि त अब यस कुरालाई नै हटाएर अब उप्रान्त निर्वाचन हुने छैन । फलानोले यसरी नाम प्रस्ताव गरे पनि हुनेछ भनेर लेखे पनि भयो नि त । के हामी त्यो बाटोमा जान खोजेका हौँ ? के जबजलाई छाड्न खोजेका हौँ ?
धारा ६१ : मनोनय पद्धति – यसमा स्पष्ट शब्दमा भनिएको छ, समन्वय र संगठन कमिटीबाहेक सबै तहका कमिटी महाधिवेशन वा अधिवेशनबाट निर्वाचन हुने व्यवस्था गरिएको छ । हामीले यस्ता कुरालाई यत्तिकै छाडिदिऔँ भने हामी दुनियाँका सामू जबज नमान्ने हौँ ? त्यसकारण हामी पार्टी र पार्टीको विधानअनुसार चल्नु पर्छ ।
मैले तपाईहरूलाई यो कुरा बुझाउन खोजेको होइन तर यत्रो महाधिवेशनले यसबारे विधानका बारेमा स्मरण गराउन खोजेको पर्छ नै । तपाईहरूलाई लाग्दो होला, यसले पार्टीमा हुन खोजेको सहमति हुन दिएन । हामीले गरेको १० बुँदे तपाईहरूले मान्नु भएन । हामीले पार्टीको रक्षाका लागि हामीले सम्पूर्ण कुराहरूको स्वीकार गर्छौँ ।
यसबीच मैले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरिसकेको छु । म उम्मेदवारी दिन्छु । अरु कमरेडहरूले दिनु हुन्छ । यो अधिकार कुनै पनि हालतमा कुण्ठित गर्न मिल्दैन । कुण्ठित हुँदैन ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
प्रतिक्रिया