एमाले महाधिवेशनमा मतदान जारी, भोट माग्दै उम्मेदवार

काठमाडौँ । चितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । बिहान ४ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म करिब ८ सय मत खसेको छ ।
निर्वाचन समितिले राति ९ बजेदेखि बिहान १ बजेसम्म मतदानको समय तय गरे पनि बिहान ४ बजेदेखि मात्र मतदान सुरू भएको हो । मतदान गर्न रातभर जाग्राम बसेका प्रतिनिधिहरू बिहानैदेखि भोट हाल्न पुगेका थिए ।
यस क्रममा केही केही उम्मेद्वार लाइनमा बसेका मतदातासँग मत मागिरहेका छन् ।
अहिले अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्य पदका लागि मतदान हुँदै छ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् ।
६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्दै छन् ।
यस्तै, ७ सचिव पदमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिष्ट, पद्मा अर्याल, भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।
















संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया