महामन्त्रीमा उम्मेदवारी दिने नायिका रेखा थापाको घोषणा
मेरोन्यूज
२०७८ मंसिर १६ गते १४:२९

काठमाडौँ । नायिका रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री पद उम्मेदवारी दिने घोषणा गरेकी छन् । पार्टीको केन्द्रीय सदस्य रहेकी उनले जारी एकता महाधिवेशनमा महिलातर्फबाट महामन्त्री पदमा उम्मेदवारी दिने भएकी हुन् ।
उनले अध्यक्षका दाबेदार राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिने भएकी हुन् । राप्रपा प्रवेश गर्नुअघि उनी नेकपा माओवादी केन्द्रबाट राजनीतिमा लागेकी थिइन् ।
राप्रपामा नयाँ नेतृत्वको चयनका लागि शुक्रबार मतदान हुने भएको छ । बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा महाधिवेशन सुरु भएको हो ।
सम्बन्धित
















संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया