कमल थापाले गरे लिङदेनको सपथ कार्यक्रम बहिष्कार (फोटोफिचर)

काठमाडौँ । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित कार्य समितिको सपथ कार्यक्रम निवर्तमान अध्यक्ष कमल थापाले बहिष्कार गरेका छन् ।
अध्यक्षमा पराजित भएका थापाले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका हुन् ।
कार्यक्रममा निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पनि उपस्थिति जनाएका छन् ।
नवनिर्वाचित केन्द्रीय अध्यक्ष लिङदेनले निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट सपथ लिए । त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरु र महामन्त्रीहरुलाई बस्नेतले सपथ गराएका थिए ।
त्यसलगत्तै नवनिर्वाचित केन्द्रिय सदस्यहरुलाई अध्यक्ष लिङदेनले सपथ दिलाएका छन् । कार्यक्रममा केन्द्रिय निर्वाचन समितिका संयोजक बस्नेतले अध्यक्ष लिङदेनलाई प्रमाणपत्र वितरण गरेका थिए ।
काठमाडौंको भृकटीमण्डपमा आइतबार बिहान सम्पन्न एकता महाधिवेशनबाट लिङदेनको नेतृत्वमा ८ जना पदाधिकारी र १४१ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । राप्रपाको १९९ सदस्यीय केन्द्रिय कार्य समितिमा ५० जना सदस्य अध्यक्षले मनोनित गर्नेछन ।
अध्यक्षमा पराजित भएपछि थापाले आइतबार विहानबाट नै सामाजिक सञ्जालबाट आक्रोश पोखिरहेका छन् । उनले खासगरी आफ्नो पराजयलाई पूर्वराजा ज्ञानेन्द्रसँग जोडेका छन् । थापाले समाजिक सञ्जालमै निर्मल निवासको नाङ्गो हस्तक्षेप भनी टिप्पणी गरेका छन् ।
निर्वाचन परिणाम लगत्तै थापा समूहको काठमाडौंको एक होटलमा बसेर निर्वाचनको समिक्षा गरिएको थियो । उक्त समिक्षा कार्यक्रममा थापा पक्षबाट महामन्त्रीमा निर्वाचित भुवन पाठक लगायतका निर्वाचित पदाधिकारीसहित सदस्यहरु उपस्थिति थिए ।
थप तस्बीरहरु







तस्बीरहरुः जुली गिरी


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया