परिणाम स्वीकार गरेर अघि बढ्न राणाको सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले निर्वाचनको परिणाम स्विकार गरेर अघि बढ्न पार्टीका सबै नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।
पार्टीको एकता महाधिवेशनमा निर्वाचनद्वारा नेतृत्व चयन भएको उल्लेख गर्दै उनले सो परिणामलाई स्विकार गरेर पार्टीका सबै नेता, कार्यकर्ता अघि बढनुपर्ने बताए ।
आइतबार काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रिय समितिको सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले निर्वाचनको परिणाम स्विकार गरेर अघि बढन आफू तयार रहेको पनि बताए ।
निवर्तमान अध्यक्ष राणाले राजसंस्था र हिन्दु राज्यको स्थापना गर्ने पार्टीको लक्ष्य प्राप्तीका लागि सशक्त ढंगले अघि बढन पनि पार्टीको नयाँ नेतृत्वलाई सुझाव दिए ।
‘पार्टीले लिएको लक्ष्य राजसंस्था र हिन्दु राज्य स्थापनाका लागि नयाँ नेतृत्वले सफलता मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु ।’–राणाले भने ।
राप्रपा निवर्तमान अध्यक्ष राणाले राप्रपालाई नयाँ नेतृत्वले मुलुकको बैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराउने विश्वास समेत व्यक्त गरे ।


















क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
रास्वपा केन्द्रीय समिति बैठकका यस्ता छन् एजेन्डा
कर्णाली नदीमा बेपत्ता बुबाछोराको शव फेला
खजुरा क्षेत्रमा फुटबलको आकर्षण बढ्दै
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
प्रतिक्रिया