महिला हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड (भिडियो)

काठमाडौं । संसदीय समितिले महिला हिंसाविरुद्धका कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएको छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्र्दभमा संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको महिला तथा सामाजिक समितिले काठमाडौमा गरेको कार्यक्रममा समितिकी सभापति निरु देवी पालले महिला हिंसा विरुद्धका कानुन पर्याप्त भएपनि कार्यान्वय पक्ष चुस्त हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
उनले प्रभावकारी ढंगले कानुन कार्यान्वयन गर्न सके हिंसा न्युनीकरणमा उल्लेखनीय प्रगति हासिल गर्न सकिने बताइन् ।
उनले निर्णायक तहमा रहेका महिलाले पनि हिंसा व्यहोरिरहेको प्रसंग उल्लेख गर्दै कानुन कार्यान्वयनका अप्ठ्यारा पक्षमाथि समिक्षा गर्नुपर्ने आवश्यकता औल्याइन् ।
प्रदेश १ की पुर्वमन्त्री उषाकला राईले महिला पुरुष समानताको लडाई अहिले पनि लडिरहनुपरेको र त्यसकार्यमा सबैको सहयोग र साथ आवश्यक रहेको बताइन् ।
हरेक राजनीतिक र सामाजिक परिर्वतन तथा संघर्षमा महिलाको योगदान अतुलनिय रहेको भएपनि राज्यसत्ता र पार्टी नेतृत्वमा अहिले पनि पुरुष नै रहेकाले महिला समानताको विषय सम्बोधन भइनसकेको गुनासो गरिन् ।
कार्यक्रममा समिति सचिव एकराम गिरीले कानुनको प्रभावकारी कार्यान्वयनका लागि विधायकहरुको भूमिका बारे विश्लेषण गर्नुपर्ने आवश्यकता औल्याइन् ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिलि थापा, सांसद प्रमिला कुमारी, न्युज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेल, अधिकारकर्मीहरु डा. रेणुराज राजभण्डारी, निर्मला शर्मा लगायतले कानुनको प्रभावकारी कार्यान्वयन बारे समिक्षा गर्नुपर्नेमा जोड दिएका थिए ।


















आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया