आइएमई जनरल इन्स्योरेन्स पर्यटन बोर्डबीच बीमा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कर्याकारी अधिकृत धनन्जय रेग्मीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पश्चात नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामुहिक दुर्घटना बीमा लगायत सम्पत्ति तथा सवारीसाधनहरुसहित आवश्यक सम्पूर्ण निर्जीवन बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ ।
सो अवसरमा पर्यटन बोर्डका प्रमुख कर्याकारी अधिकृत धनञ्जय रेग्मीले पर्यटन बोर्डले नेपालमा ख्याती प्राप्त बीमा कम्पनी आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आफ्नो कार्यालयसँग सम्बन्धित सम्पूर्ण निर्जीवन बीमा गर्ने गरी सम्झौता गर्न पाएकोमा आफूलाई खुशी लागेको बताए ।
त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नेपाल सरकार र प्राईभेट सेक्टरको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनको लागि कार्य गर्ने नेपालको एक मात्र संस्था नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर सम्पूर्ण निर्जीवन बीमा सेवा प्रदान गर्न पाउँदा खुशी लागेको र यसको लागि प्रमुख कार्यकारी अधिकृत लगायत पर्यटन बोर्डका सम्पूर्ण टिमलाई धन्यवाद दिए ।
सो अवसरमा श्रेष्ठले बोर्डसँग सम्बन्धित सम्पूर्ण कर्मचारी तथा सम्बन्धित संस्थाहरुलाई आवश्यक सम्पूर्ण निर्जीवन सेवा सर्व सुलभ तरिकाले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया