बैतडी जीप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या चार पुग्यो
मृतक मध्ये दुई जना नवविवाहित जोडी

कैलाली । बैतडी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार थलीमा सोमबार करिब ६ बजेतिर दुर्घटनामा परेको थियो ।
मृत्यु हुनेहरुमा पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद विक, ७२ वर्षीया रमा भट्टराई, ठेगाना नखुलेका २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विक रहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। मृतक मध्ये दुई जना नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ ।
यस्तै घाइतेमा पाटन नगरपालिका १ सकारका ओमप्रकाश भट्टराई, जानकी भट्टराई, दिपक भट्टराई, मानध्वज भट्टराई, विष्णु भट्टराई र गोविन्द विक रहेको प्रहरीले जनाएको छ।
मृतक र घाइते सबैलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। जीप चालक पाटन ५ बशन्तरपुरका खेमराज पाण्डेय फरार रहेको र उनको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।
जीप सडकबाट एक सय मिटर तल खसेको थियो। घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
अघिल्लो समाचार
बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते










राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया