नेविसंघका महामन्त्री भट्टराईले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तनहुँ क्षेत्र नं. १ बाट सर्वाधिक मत सहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका महामन्त्री भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
लामो समयदेखि नविसंघको राजनीतिमा सक्रिय रहँदै आएका भट्टराई स्वतन्त्र विद्यार्थी युनियन त्रिविका पूर्व सभापति, नेविसंघको केन्द्रीय सदस्य हुँदै महामन्त्री भइसकेका छन् । त्रिविबाट विद्यार्थी राजनीति थालेका भट्टराई पार्टी राजनीतिमा ‘सवल कांग्रेस र समृद्ध नेपालका लागि राजनीति’ भन्ने नारा सहित केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेका हुन् ।
त्रिविबाटै समाजशास्त्र विषयमा प्रथम श्रेणीमा उतिर्ण भएका भट्टराई द्धन्द शान्ती र विकासमा विद्यावारिधि गरिरहेका छन् । १४ औं महाधिवेशन नजिकिरहँदा नेविसंघका दर्जनौं युवा नेताहरुले पार्टी राजनीतिमा आकांक्षा देखाएका छन् ।









आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया