गुरु घिमिरेको आरोप– पार्टी सभापतिले सत्ताको दुरुपयोग गरेर राजनीतिक हिंसा गरे
कांग्रेसमा विवेक हरायो, आफ्नै आँखा अगाडि मत लुटियो’

काठमाडौं । नेपाली कांग्रेसका प्रदेश १ का सभापतिमा पराजित बनेका गुरु घिमिरेले पार्टीको मुल्य मान्यता कुल्चेर प्रदेश १ को अधिवेशन भएको आक्रोस व्यक्त गरेका छन् ।
चाक्सीबारीमा बसेको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै घिमिरेले आफ्नै आँखा अगाडि मत लुटिएको आरोप लगाए ।
‘ओलीको निरंकुशतामा आवाज नउठाएको भए सभापति प्रधानमन्त्री बन्न सक्नु हुँदैनथ्यो । ४१ महिनापछि सभापति प्रधानमन्त्री बन्नुभयो ।
राजनीति हिंसाको सुरुवात पार्टी सभापति शेबहादुर देउवाबाटै भएको हो’, घिमिरेले भने, ‘पहिले मलाई क्षेत्रबाट सिफारिस भएको टिकट दिइएन । पहिलो राजनीतिक हिंसा त्यहाँबाट भएको थियो ।’
अहिले सत्ताको दुरुपयोग गरेर आफूमाथि राजनीतिक हिंसा गरेको उनको भनाई छ ।
यता अहिले हामी एउटै उम्मेदवार बनाउनमा छलफल भइरहेको छ । मतदान पनि गरेर पनि एक साझा उम्मेदवार छान्ने विषयमा कुरा बैठकमा उठेको उनले बताए । कांग्रेसमा विवेक हराएको उनको आरोप छ ।
उनले भने, ‘ मैले उम्मेदवार दिदा सहमतिमा हुने आश थियो तर अझ सतामा रहेकाले मेराविरुद्धको उम्मेदवार बनाएर भिडाए ।’
कांग्रेस महाधिवेशन आउँदो पुस २४ गतेदेखि काठमाडौंमा हुँदैछ । महाधिवेशनअघि पार्टी नेतृत्वमा उम्मेदवारीका लागि संस्थापन र इतर पक्ष छलफलमा जुटिरहेका छन् ।


















चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया