शुक्रबार, पुष ४, २०८२

गुरु घिमिरेको आरोप– पार्टी सभापतिले सत्ताको दुरुपयोग गरेर राजनीतिक हिंसा गरे

कांग्रेसमा विवेक हरायो, आफ्नै आँखा अगाडि मत लुटियो’

मेरोन्यूज २०७८ मंसिर २१ गते १६:०७

काठमाडौं । नेपाली कांग्रेसका प्रदेश १ का सभापतिमा पराजित बनेका गुरु घिमिरेले पार्टीको मुल्य मान्यता कुल्चेर प्रदेश १ को अधिवेशन भएको आक्रोस व्यक्त गरेका छन् ।

चाक्सीबारीमा बसेको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै घिमिरेले आफ्नै आँखा अगाडि मत लुटिएको आरोप लगाए ।

‘ओलीको निरंकुशतामा आवाज नउठाएको भए सभापति प्रधानमन्त्री बन्न सक्नु हुँदैनथ्यो । ४१ महिनापछि सभापति प्रधानमन्त्री बन्नुभयो ।

राजनीति हिंसाको सुरुवात पार्टी सभापति शेबहादुर देउवाबाटै भएको हो’, घिमिरेले भने, ‘पहिले मलाई क्षेत्रबाट सिफारिस भएको टिकट दिइएन । पहिलो राजनीतिक हिंसा त्यहाँबाट भएको थियो ।’

अहिले सत्ताको दुरुपयोग गरेर आफूमाथि राजनीतिक हिंसा गरेको उनको भनाई छ ।

यता अहिले हामी एउटै उम्मेदवार बनाउनमा छलफल भइरहेको छ । मतदान पनि गरेर पनि एक साझा उम्मेदवार छान्ने विषयमा कुरा बैठकमा उठेको उनले बताए । कांग्रेसमा विवेक हराएको उनको आरोप छ ।

उनले भने, ‘ मैले उम्मेदवार दिदा सहमतिमा हुने आश थियो तर अझ सतामा रहेकाले मेराविरुद्धको उम्मेदवार बनाएर भिडाए ।’

कांग्रेस महाधिवेशन आउँदो पुस २४ गतेदेखि काठमाडौंमा हुँदैछ । महाधिवेशनअघि पार्टी नेतृत्वमा उम्मेदवारीका लागि संस्थापन र इतर पक्ष छलफलमा जुटिरहेका छन् ।

प्रतिक्रिया