भाजपा र कांग्रेसआईलाई कांग्रेसको निम्तो, चिनियाँ कम्युनिष्ट पार्टीको टुङ्गो लागेन

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा भारतका सत्तारूढ दल, प्रमुख प्रतिपक्षीलगायत दलको सहभागिता हुने भएको छ ।
चिनियाँ सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टीले सहभागिता जनाउने नजनाउने भन्ने टुंगो लागिनसकेको विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक तथा पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेसले दक्षिण एशियाका मुख्य दलहरूलाई सहभागिताका लागि निमन्त्रणा पठाएको समेत उनले जानकारी दिए ।
उनले भने, ‘अहिलेसम्म निमत्रणा गरेकामध्ये भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) र प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस कांग्रेसआई) ले सहभागिता जनाउने ‘कन्फर्मेसन’ पठाएका छन् ।’
उनका अनुसार आजभोलि नै कन्फर्मेसन आउने जानकारी चिनियाँ सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टीले दिएको छ ।
कोरोनाका कारण धेरै दलहरू आउन डराएका उनको भनाई छ । कांग्रेस महाधिवेशन आउँदो पुस २४ गतेदेखि काठमाडौंमा हुँदैछ ।










मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया