शेयर बजार तेस्रो दिन पुनः गिरावट

काठमाडौं । नेप्से परिसूचक साताको तेस्रो दिन पनि दोहोरो अंकको गिरावट आएको छ ।
नेप्से सोमबार ३२.२२ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पुनः गिरावट आएको छ ।
मंगलबार नेप्से परिसूचक ३७.१८ अंकले घटेर २ हजार ५०८.९१ बिन्दुमा झरेको छ । मंगलबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.८५ अंकले घटेर ४७४.१३ बिन्दुमा झरेको छ ।
मंगलबार कारोबारमा आएका २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार बजारसँगै कारोबार रकम समेत घटेको छ । सोमबार ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबारको कारोबारमा नेप्सेका १३ उपसमूहमध्ये व्यापार र म्यूचुअल फण्डबाहेक सबै उपसमूह घटेको देखिएको छ ।
बैंकिङ १३.५५, विकास बैंक १४०.९५, जलविद्युत ७४.६९, फाइनान्स ९०.०८, निर्जीबन बीमा १६०.९८, जीवन बीमा ७३.९४ उत्पादन तथा प्रशोधन ९२.०३, माइक्रोफाइनान्स समूहको उपसूचक ७२.५६ अंकले घटेको छ ।
मंगलबार कारोबारमा आएको आईसीएफसी फाइनान्सको शेयरमूल्य सबै भन्दा बढी ७.६५ प्रतिशत घटेको छ । त्यसरी कालिका माइक्रोफाइनान्स र सिनर्जी पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा प्राइम कमर्सियल बैंक शीर्ष स्थानमा रहेको छ ।
बैंकको १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । महालक्ष्मी विकास बैंक र अपि पावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।









तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया