साढे ३३ किलो सुन प्रकरणका अभियुक्त धरौटीमा छुटे

विराटनगर । साढे ३३ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त कृष्णगोपाल अग्रवाल धरौटीमा छुटेका छन् । अग्रवाललाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्ने आदेश दिएको हो ।
न्यायाधीश भरत लम्सालको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।
आइतबार पक्राउ परेका अग्रवाललाई प्रहरीले मंगलबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो ।
सुन तस्करी गिरोहका नाइने चुणामणि उप्रेती ‘गोरे’सहित ७७ जनाविरुद्ध दायर मुद्दामा अग्रवाल प्रतिवादी थिए ।
तस्करी गरेर ल्याएको साढे ३३ किलो सुन हराएपछि उक्त गिरोहले यातना दिने क्रममा भरिया सनम शाक्य मारिएका थिए ।
न्यायाधीश भरत लम्सालकै इजलासले सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दाको फैसला गत असोज १९ गते गरेको थियो । पक्राउ परेका ५७ जनाले सुन तस्करी मुद्दामा सफाइ पाएका थिए भने शाक्य अपहरण र हत्या मुद्दामा ८ जनालाई दोषी ठहर भए ।
गोरेको समूहले २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा सनमको हत्या गरेको थियो । घटनाको भोलिपल्ट २०७४ फागुन १९ गते उनको मोरङमा शव भेटिएको थियो ।
















चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया