कांग्रेस महाधिवेशन : संस्थापन पक्षले टुंग्यायो उपसभापति र महामन्त्रीका उम्मेद्वार

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि संस्थापन समूहले अनौपचारिक रुपमा उपसभापति र महामन्त्रीका उम्मेद्वार टुंग्याएको छ । यो विषयलाई औपचारिकता दिन प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवास बूढानीलकण्ठमा बैठक बोलाएका छन् ।
स्रोतका अनुसार देउवाले सभापतिपछिको पार्टीमा बलियो र आकर्षक मानिने महामन्त्री पदमा वर्तमान सरकारमा गृहमन्त्री बालकृष्ण खाँणलाई रोजेका छन् । उनलाई देउवाले तयारी गर्न भनेर सोमबार साँझ नै निर्देशन दिइसकेको स्रोतहरु बताउँछन् । खाँण २०४६ सालको जनआन्दोलन ताका नेपाल विद्यार्थी संघको अध्यक्ष र २०६२-०६३ सालको आन्दोलनमा नेपाल तरुण दलको अध्यक्ष थिए । उनलाई संस्थापनमा जनाधार भएका नेताका रुपमा चिनिन्छ ।
त्यस्तै, अर्को महामन्त्री पदमा देउवाले वर्तमान कार्यसमितिका सहमहामन्त्री डा. प्रकाशशरण महतलाई रोजेका छन् । डा. महत पार्टी संगठनमा जनाधार नभएका नेताका रुपमा चिनिन्छन् ।
सभापति देउवाले उपसभापतिमा वर्तमान कार्यसमितिका महामन्त्री पूर्णबहादुर खड्कालाई रोजेका देउवा निकट स्रोतले जानकारी दिएको छ । खड्का देउवा टिममा आन्तरिक व्यवस्थापनमा पोख्त मानिन्छन् । उनलाई सादगी र विचारशील नेताको रुपमा पनि कांग्रेसीहरुले चिन्छन् ।
त्यस्तै, अर्को उपसभापतिमा नेता कृष्ण सिटौलालाई उम्मेद्वार बनाउने तयारी देउवाले गरेका छन् । कांग्रेसको झापा अधिवेशन, प्रदेश १ को प्रदेश समितिको अधिवेशन र काठमाडौँ तथा काभ्रेको अधिवेशनमा सिटौला समूह र संस्थापनबीच सहकार्य भएको थियो । सिटौलाले १३ औँ महाधिवेशनमा नै फरक समूह बनाएर सभापतिमा प्रतिस्पर्धा गरेका थिए । तर, अहिले सभापतिमा जित्ने सम्भावना नभएपछि उपसभापति भएर पदको बार्गेनिङ गरेको स्रोतहरु बताउँछन् ।
उनले एउटा सह महामन्त्री पनि मागेको स्रोतहरु बताउँछन् । खुल्लातर्फको सहमहामन्त्रीमा नेता प्रदीप पौडेललाई सुरक्षित गर्न उनले सहममहामन्त्री मागेको पनि बालुवाटार स्रोतले जनाएको छ ।


















चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया