भक्तपुरमा कुटपिट गरी पुरुषको हत्या
काठमाडौँ । मध्यपुरथिमि नगरपालिका ३ गठ्ठाघरस्थित हनुमन्ते खोला किनारामा एक पुरुषको हत्या भएको छ । सूर्यविनायक नगरपालिका ३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको हो ।
गए राति करिब पौने १० बजे गठ्ठाघरमा आफ्नो गाडी पार्किङ गरी घर जाने क्रममा हनुमन्ते फलामे पुल काटेलगत्तै कुटपिट गरी श्रेष्ठको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।
घटना विवरणअनुसार घर फर्कने क्रममा कुटपिट गरिरहेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरी राति १० बजे उपचारका लागि मध्यपुर अस्पताल लैजाँदा अस्पतालले मृत्यु भएको जानकारी दिएको थियो । प्रनाउ रेग्मीसहितको अनुसन्धान टोली राति १० बजे घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको बताइएको छ ।
महानगरीय प्रहरी परिसरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी लोकबहादुर जिसिले घटना राति करिब १० बजे भएको र मृतकको मुखमा गहिरो चोट रहेको बताए । उनले कुटपिटबाट हत्या भएको जानकारी दिँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले कुटपिटमा शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रम जारी रहेको र छिट्टै अपराधीको पहिचान हुने दाबी गरेको छ ।


















चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया