शुक्रबार, चैत २७, २०८२

एक विद्यार्थीको हत्या आरोपमा २० जनालाई मृत्युदण्ड

मेरोन्यूज २०७८ मंसिर २३ गते ७:२०

काठमाडौँ । बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका एक विद्यार्थीको २०१९ मा भएको हत्याको आरोपमा बुधबार २० जनालाई मृत्युदण्डको सजाय सुनाएको सरकारी वकिलले एएफपी समाचार समितिलाई जनाएको छ ।

अब्रार फहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले बताएको छ ।

प्रतिक्रिया