बिहीबार, पुष ३, २०८२

‘राजनीतिक स्थिरता र पार्टी एकतालाई सभापतिमा फेरि देउवा’ (भिडिओसहित)

मेरोन्यूज २०७८ मंसिर २३ गते १२:३७

काठमाडौँ । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले राजनीतिक स्थिरता र पार्टी एकताका लागि शेरबहादुर देउवा सभापति बन्नु पर्ने बताएका छन् । पार्टीको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा उनले प्रधानमन्त्रीसमेत रहेका देउवाको विकल्प नभएको दाबी गरेका हुन् ।

सभापति देउवाको निरन्तरताले मात्रै का्रग्रेस र मुलुक स्थायित्व स्थापित हुने उनको दाबी रहेको थियो । महाधिवेशन नजिकिएसँगै संस्थापन पक्षले देउवालाई पुनः सभापतिमा अगाडि सार्ने निर्णय गरेको बताउँदै खाँणले महाधिवेशन प्रतिनिधिबाट उनी नै अनुमोदित हुने बताए ।

‘राजनीतिक स्थिरता र नेपाली कांग्रेसको एकताका लागि पार्टी सभापतिमा फेरि शेरबहादुर देउवा,’ उनले भने । १४ औँ महाधिवेशनमा उनले भने संस्थापन पक्षबाट महामन्त्रीमा दाबी गरेका छन् ।

प्रतिक्रिया