आइतबार, पुष ६, २०८२

कांग्रेस महाधिवेशन

संस्थापन इतर समुहको बैठक बिना निष्कर्ष टुंगियो

साँझ पुन बस्ने, सहमति नभए पौडेललाई सभापतिको उम्मेदवार बनाउने

मेरोन्यूज २०७८ मंसिर २४ गते १३:०९

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समुहको वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा बसेको बैठक साझ पुनः बस्ने गरी सकिएको छ । कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार छान्न शुक्रबार बसेको बैठक बिना निष्कर्ष सकिएको हो ।

अब अर्को बैठक महाधिवेशनको उद्घाटन सत्र सकिएपछि बस्ने बताइएको छ । बिहान १० बजेबाट सुरु भएको बैठकले साझा उम्मेदवार छान्न नसकेपछि महाधिवेशनको उद्घाटनपछि अनुपम फुडल्यान्डमा बस्ने गरी टुगिएको हो ।

पौडेल समुहमा प्रकशमान सिंह र शेखर कोइरालाले सभापतिमा अडान राख्दै आएका छन् । साँझ बस्ने बैठकले सभापतिमा साँझा उम्मेदवार छनोट गर्न नसके पौडेललाई सभापतिको उम्मेदवारी बनाउने नेताहरुले बताएका छन् । कांग्रेसको १४ औं महाधिवशेन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

प्रतिक्रिया