‘ए’ डिभिजन लिगः मछिन्द्र शीर्ष स्थानमा उक्लियो

काठमाडौं । मछिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लवलाई ३–० ले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।
जारी लिगमा मछिन्द्रले चार खेलमा तीन खेल जितेको छ भने एकमा बराबरी खेलेको छ । शनिवार भएको जीतसँगै मछिन्द्र १० अंकका साथ शीर्ष स्थानमा छ ।
समान खेलमा समान अंक जोडेको मनाङ मस्र्याङ्दी गोल अन्तरले शीर्ष दोस्रोमा पुगेको छ ।
शनिवारको खेलमा मछिन्द्रका लागि २९ औं मिनेटमा सुनील बलले गोल गरेपछि पहिलो हाफमा मछिन्द्रले १ सून्यको अग्रता लिएको थियो ।
दोस्रो हाफमा ६७ औं मिनेटमा विदेशी खेलाडी नुर्लान नोभ्रजोभले गोल गरी २–० को अग्रता दिलाए भने ९० मिनेटपछि थपिएको इन्ज्यूरी समयमा विमल घर्तीमगरले गोल गरेपछि मछिन्द्र ३– ० ले विजयी भयो ।
यसअघि दुई खेलमा बराबरी खेलेको हिमालयन शेर्पाले दुई खेलमा पराजय ब्यहोरेको छ ।


















वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया