महालक्ष्मी बैंकले दियो टोखा नगरपालिकालाई पानी ट्याङ्की

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे गंगबु शाखाले टोखा नगरपालिकाको वडा नम्बर ११ मा रहेको सार्वजनिक शौचालयलाई दुई हजार लिटरको २ वटा पानी ट्याङ्की प्रदान गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले नगरपालिकालाई खानेपानी ट्याङ्की सहयोग गरेको हो ।
वडा कार्यालयमा आयोजित कार्यक्रमकाबीच गंगबु शाखाका प्रबन्धक चेतराज पाण्डेले उक्त पानी ट्याङ्कीहरु टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारिलाई हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा स्थानीय निकायका पदाधिकारीहरु, सामाजिक अभियन्ता, स्थानीय उद्योगी, ब्यापारी तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
महालक्ष्मी बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।









विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया