महालक्ष्मी बैंकले दियो टोखा नगरपालिकालाई पानी ट्याङ्की

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे गंगबु शाखाले टोखा नगरपालिकाको वडा नम्बर ११ मा रहेको सार्वजनिक शौचालयलाई दुई हजार लिटरको २ वटा पानी ट्याङ्की प्रदान गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले नगरपालिकालाई खानेपानी ट्याङ्की सहयोग गरेको हो ।
वडा कार्यालयमा आयोजित कार्यक्रमकाबीच गंगबु शाखाका प्रबन्धक चेतराज पाण्डेले उक्त पानी ट्याङ्कीहरु टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारिलाई हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा स्थानीय निकायका पदाधिकारीहरु, सामाजिक अभियन्ता, स्थानीय उद्योगी, ब्यापारी तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
महालक्ष्मी बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

















इरानमा आक्रमणकाे विराेध गर्दै चिनिया विदेशमन्त्रीकाे इजरायलका विदेशमन्त्रीलाई फाेन
निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
आजको मौसम कस्ताे छ ?
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया