बुधबार, पुष ९, २०८२

कांग्रेस महाधिवेशन

हुटिङ हुन थालेपछि आफ्नै चियापान कार्यक्रमबाट निस्किए पौडेल

देउवाले भने– जीत हार ठूलो होइन, पार्टी एकता चाहिन्छ

मेरोन्यूज २०७८ मंसिर २८ गते ११:१५

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि गरिएको चुनावमा सभापति पदको मतगणना लगत्तै मंगलबार विहान नेता रामचन्द्र पौडेलले चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

पार्टीमा एकताको सन्देश दिन भन्दै पौडेलले आयोजना गरेको चियापानमा पौडेललाई खुला रुपमा एक पक्षलाई सघाउनु पर्ने भन्दै कांग्रेस कार्यकर्ताले हुटिङ गर्न थालेपछि पौडेल चियापान छाडेर निस्किएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासमेतको सहभागिता रहेको उक्त कार्यक्रममा कसलाई सघाउने खुल्न पौडेललाई चियापानमा सहभागीले हुटिङ गरेर नारावाजी गरेका थिए ।

कार्यक्रममा उपस्थित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले पार्टीको आन्तरिक चुनावमा जीत हार ठूलो कुरा नभएको बताएका छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेलले मंगलबार विहान आयोजना गरेका चियापान कार्यक्रममा पुगेका प्रधानमन्त्री देउवाले मुख्य कुरा पार्टीको एकता चाहिने उल्लेख गरे ।

चियापानमा सहभागी सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले भने पौडेलले आफूलाई सघाउने विश्वास ब्यक्त गरेका छन् ।
‘रामचन्द्रजीले मलाई दोस्रो चरणमा सघाउने वचन दिनुभएको छ’–कोइरालाले भने ।

यसअघि पौडेलले भने पार्टीभित्र एकता र सदभावका लागि आफुले चियापान कार्यक्रम राखेको बताएका थिए ।

प्रतिक्रिया