बुधबार, फागुन २७, २०८२

प्रचण्ड र माधव नेपाल अस्थीरताका सम्बाहक तत्व हुन् : ओली

‘कुन सेयर कारोबारीले चन्दा दिएन होला, प्रचण्डले लेनिन भन्दा जान्नी बन्न खोजेर साम्राज्यवादको रूप भनिदिए’

मेरोन्यूज २०७८ मंसिर २९ गते १३:३०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सवैभन्दा अस्थिरताका सुंबाहक नै प्रचण्ड र माधव नेपाल भएको आरोप लगाएका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमालेका मनोनित केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराउादै ओलीले अस्थिरता मञ्चाउने शक्तिहरु नेपालका सक्रिय रहेको भन्दै त्यस्तो शक्ति माधव नेपाल र प्रचण्ड भएको गम्भिर आरोप लगाएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

‘अस्थिरता मच्चाउन खोज्ने शक्ति सक्रिय रहेका छन् । नियन्त्रित अस्थिरता हाम्रो नीति हो भनेर भनिएको थियो, त्यसका लागि अस्थिरताका सांवाहक शक्ति नेपालमा छन् । सबैभन्दा चर्को गरी चल्ने प्रचण्ड एन्ड माकुने एन्ड कम्पनी । संवाहक तत्वहरू यिनैहरू हुन्,’ -ओलीले आरोप लगाए ।

उनले विदेशी शक्तिले नियन्त्रित अस्थिरताका लागि काम गरिरहेको पनि आरोप लगाए । माओवादी केन्द्रले गरेको जनयुद्ध जनयुद्ध नभई अस्थिरता भएको टिप्पणी पनि ओलीको थियो । ओलीले प्रचण्ड र माधव नेपालको पार्टीसाग अव एमालेको एकता नहुने पनि प्रष्टाए । ओलीले भने, ‘त्यस्ताहरुसँग एकता ? अस्थीरताका शक्तिहरुसँग एकता गरेर कहिँ पुगिन्छ ? त्यो एकीकरण सम्भव नै छैन ।’


उनीहरुको स्वीचको वटन नै अन्यत्र रहेको भन्दै ओलीले अस्थिरतााक कारणका रुपमा माओवादी र माधव नेपालको पार्टीलाई चित्रण गर्न खोजे । ‘हमीले राम्रोसँग चिनेका छौं उनीहरूको कहाँबाट स्वीच अन अफ हुन्छ, हामीले छर्लाङै देखेका छौं । महान जनयुद्ध भनेर भनियो । हतियार कहाँबाट ल्याइयो । त्यो खोजिएन,’ ओलीले भने –‘माओवादीले भन्ने गरेको तत्कालीन सशस्त्र युद्ध जनयुद्धु नभएर अस्थिरता मात्रै हो । त्यो अस्तव्यस्त बनाउने विधि मात्रै हो ।’

नेता ओलीले यसअघि पनि विदेशी शक्तिबाट नेपालमा नियन्त्रित अस्थिरता निम्त्याउन खोजेको बताए । प्रचण्ड लेनिन भन्दा जान्न्ी वन्न खोजेको पनि ओलीको आरोप थियो ।


‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए। प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए,’ ओलीले भने–‘त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन। कुन सेयर कारोबारीले चन्दा दिएन होला। अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए।’

आफूहरूले त्यस्तो अभिव्यक्ति दिएको भए सडकमा ठूलो आन्दोलन भइसक्ने ओलीको तर्क छ। ‘माइतीघरले पुग्दैनथ्यो, सडक तात्थे,’ ओलीले भने,–‘अहिले त सब चुपचाप छन्। किनकि सबै अस्थिरता फैलाउने तत्वहरू हुन्।’

प्रतिक्रिया