नेप्से परिसूचक ३७.८७ अंकले गिरावट

काठमाडौँ । साताको अन्तिम तथा पुस महिनाको पहिलो कारोबारको दिन शेयर बजार मापक नेप्सेमा गिरावट आएको छ । पछिल्लो तीन सातादेखि शेयर बजारमा ठूलो उतारचढाव बढ्दै गएको छ । मंगलबार नेप्से १३७.१८ अंकले बढेर परिसूचक २ हजार ४१८.८५ बिन्दुमा पुगको थियो । तर, बुधबार ४.२३ अंकले घटेको नेप्से परिसूचक बिहीबार भने ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ बिन्दुमा झरेको छ । बुधबार ४.२३ अंकले घटेर २ हजार ४१४.६२ बिन्दुमा ओर्लिएको थियो । ठूला लगानीकर्ताको मापन गर्ने सेन्सेटिभ इण्डेक्स ५.८८ अंकले घटेर ४५३.५३ अंकमा झरेको छ । त्यस्तै, फ्लोट इण्डेक्स २.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९९ प्रतिशत घटेको छ ।
आज कारोबारमा आएका २२४ कम्पनीको ५३ लाख ७९ हजार कित्ता शेयर २ अर्ब ३० करोड १७ लाख ५१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार साढे ४ अर्बको शेयर कारोबार भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको बाहेक सबै उपसमूह राताम्मे देखिएको छ । जसमध्ये विकास बैंक ३.६६ प्रतिशत, जलविद्युत ३.०१ प्रतिशत, व्यापार, वित्त, निर्जीवन बीमा, अन्य, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।
नेप्से परिसूचकमा गिरावट आएपनि आज नेपाल बंगलादेश बैंकको शेयर ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, स्वाभिमान लघुवित्तको शेयरमूल्य ५.३५ प्रतिशत , माउन्टेन इनर्जी र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ४ प्रतिशतभन्दा बढीले बढेको छ । मैलुङ्ग खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो र हिमालयन पावर पार्टनर कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा प्रभु बैंकको सबैभन्दा बढी ९ करोड ४३ लाख १९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै दोस्रोमा नेपाल बङ्गलादेश बैंकको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।














ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
प्रतिक्रिया