माओवादीको जनसांस्कृतिक महासंघमा मातृका पोखरेल

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न महासंघका सातौं राष्ट्रिय सम्मेलनले अध्यक्षमा मातृका पोखरेललाई चयन गरेको हो ।
महासचिव भने चयन हुन बाँकी छ । महासचिवमा सुवर्ण हमाल र केशर कालिकोटेले दावी गरेपछि नवनिर्वाचित केन्द्रीय समितिले यसबारेमा निर्णय लिने भएको छ । त्यस्तै, एक उपाध्यक्ष र २ सचिव पनि चयन हुन बाँकी छ । जनसांस्कृतिक महासंघले ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
१५ सदस्यीय पदाधिकारीमा अध्यक्षसहित अन्य १० पदाधिकारी चयन भइसकेको छ । उपाध्यक्षहरुमा कर्णबहादुर परियार, केशव शिलवाल, देवेन्द्र थुम्केली, प्रगति महरा, भीम कुमाखी, राकेश किराँती, केपी पाठक, सुदिन चौधरी, चेतन सापकोटा र विक्रम कुवर र सचिवमा केशरी घर्तीमगर चयन भएकी छन् । त्यस्तै कोषाध्यक्षमा विमला केसी चयन भएकी छन् ।
महासचिव, एक उपाध्यक्ष र २ सचिव भने निर्वाचित केन्द्रीय समितिले सर्वसम्मत चयन गर्ने, नभए केन्द्रीय समितिबाट चुनावी प्रक्रियाबाट चयन गर्ने भएको छ ।













पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो
जाडोमा छालाको हेरचाह कसरी गर्ने ? यस्ता छन् १२ टिप्स
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया