माओवादीको जनसांस्कृतिक महासंघमा मातृका पोखरेल

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न महासंघका सातौं राष्ट्रिय सम्मेलनले अध्यक्षमा मातृका पोखरेललाई चयन गरेको हो ।
महासचिव भने चयन हुन बाँकी छ । महासचिवमा सुवर्ण हमाल र केशर कालिकोटेले दावी गरेपछि नवनिर्वाचित केन्द्रीय समितिले यसबारेमा निर्णय लिने भएको छ । त्यस्तै, एक उपाध्यक्ष र २ सचिव पनि चयन हुन बाँकी छ । जनसांस्कृतिक महासंघले ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
१५ सदस्यीय पदाधिकारीमा अध्यक्षसहित अन्य १० पदाधिकारी चयन भइसकेको छ । उपाध्यक्षहरुमा कर्णबहादुर परियार, केशव शिलवाल, देवेन्द्र थुम्केली, प्रगति महरा, भीम कुमाखी, राकेश किराँती, केपी पाठक, सुदिन चौधरी, चेतन सापकोटा र विक्रम कुवर र सचिवमा केशरी घर्तीमगर चयन भएकी छन् । त्यस्तै कोषाध्यक्षमा विमला केसी चयन भएकी छन् ।
महासचिव, एक उपाध्यक्ष र २ सचिव भने निर्वाचित केन्द्रीय समितिले सर्वसम्मत चयन गर्ने, नभए केन्द्रीय समितिबाट चुनावी प्रक्रियाबाट चयन गर्ने भएको छ ।
















नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई
प्रतिनिधिसभा बैठकः सभामुखको उम्मेदवारी प्रस्तुत
सुनचाँदीको मूल्य स्थिर
खोजी अभियान : चार दिनमा २ सय २६ जना पक्राउ
गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय जना लाभान्वित
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया