माओवादीमा पनि हुने भयो चुनाव, बागमती प्रदेश पदाधिकारी चयनमा चुनाव हुँदैं
अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री र काभ्रेका दिनानाथ गौतम प्रतिस्पर्धा गदैं

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को वागमती प्रदेश पदाधिकारी सर्वसम्मत चयन हुन नसक्दा चुनाव हुन लागेको छ । सकभर सहमतिका साथ पदाधिकारी चयन प्रयास नेतृत्वले गरेपनि असफल भएपछि आज चुनाव हुन लागेको हो ।
अध्यक्षका लागि सिन्धुपाल्चोकका सरल सहयात्री र काभ्रेका दिनानाथ गौतम चुनावी प्रतिस्पर्धामा छन् । अन्य अध्यक्षका आकाक्षीले भने चुनावी प्रक्रियामा जान खोजेपछि आफनो दावी छोडेको स्रोतको भनाई छ । अव अध्यक्ष सहित पदाधिकारीमै चुनाव हुन लागेको हो ।
माओवादीले प्रदेश सम्मेलनका लागि ५ सदस्यीय निर्वाचन समिति बनाएको छ ।
विधानमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारीको ब्यवस्था छ ।
माओवादीले पुस ११ देखि १३ गतेसम्म पार्टीको काठमाडौंमा राष्ट्रिय सम्मेलन आयोजना गदैछ । त्यस अगाढडी उसले सेल, गाउ, जिल्ला हुँदै प्रदेश सम्मेलन गदै आएको छ । विधानत उसले प्रदेश कमिटि २ सय ७५ सदस्य गठन गरिसकेको छ ।
अव त्यही प्रदेश कमिटिवाट पदाधिकरी चयनका लागि चुनाव गर्न लागेको हो ।
सर्वसम्मतको प्रयास सफल नभएपछि पार्टी अध्यक्षले नै चुनावी विधि वाट नेतृत्व चयन गर्न ग्रिन सिग्नल दिएपछि माओवादीमा चुनावी प्रक्रियावाट प्रदेश पदाधिकारी चयन हुन लागेको हो ।
वागमती र प्रदेश १ मा अध्यक्ष सम्म चुन्न सकिरहेको थिएन । प्रदेश २ मा आइतबार साझ मात्रै प्रदेश कमिटि गनठ भएको छ । पदाधिकारी चयन हुन सकेको छैन । गण्डकी, लुम्बिनी, कर्णालीमा पनि अध्यक्ष र प्रदेश कमिटि चयन भएको छ । सुदुरपश्चिममा पनि प्रदेश कमिटि मात्र चयन भएको छ ।
सकभर मिल्दा सम्म सर्वसम्मत प्रयास गर्ने र नभए विधिमार्फत चुनावी प्रक्रिया अवलम्बन गर्ने तयारीमा माओवादी लागेको हो । त्यही क्रममा आज वागमतीको अध्यक्ष सहित पदाधिकारी चयनमा चुनाव हुन लागेको हो । अध्यक्षकै प्रत्याशी रहेका डिपि ढकालले भने सरल सहयात्रीलाई समर्थन गर्ने गरी उम्मेदवारी छोडेका छन् । गौतम र सरल सहयात्रीको अध्यक्षमा अव भिडन्त हुने देखिएको हो ।
त्यस्तै उपाध्यक्षका लागि रुपा महर्जन, ज्वाला, मकवानपुरका छिन्तु, सचिवमा छिन्ताङ, चितवनका रामचन्द्र अधिकारी, महेश्वर फुयाँल, रामेछापका लक्ष्मी गुरुङ, कोषाध्यक्षमा सिन्धुलीका विदुर खड्का लगायत चुनावी प्रतिस्पर्धामा उत्रन खोजेका छन् ।
नयाँ नेतृत्व चयन गर्न माओवादी केन्द्रले अहिले बिहान ११ बजे काठमाडौंस्थित अनुपम फुडल्यान्डमा चुनावी प्रक्रिया अगाडी बढाउन लागेको छ । ‘कार्यसमिति चयन गर्न आज ११ बजे निर्वाचन कार्यक्रम हुनेछ’, माओवादी केन्द्रका बागमती प्रदेश सदस्य रहेका र अध्यक्षका दावी गरिरहेका सरल सहयात्रीले भने ।
प्रतिक्रिया