माओवादीमा पनि हुने भयो चुनाव, बागमती प्रदेश पदाधिकारी चयनमा चुनाव हुँदैं
अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री र काभ्रेका दिनानाथ गौतम प्रतिस्पर्धा गदैं

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को वागमती प्रदेश पदाधिकारी सर्वसम्मत चयन हुन नसक्दा चुनाव हुन लागेको छ । सकभर सहमतिका साथ पदाधिकारी चयन प्रयास नेतृत्वले गरेपनि असफल भएपछि आज चुनाव हुन लागेको हो ।
अध्यक्षका लागि सिन्धुपाल्चोकका सरल सहयात्री र काभ्रेका दिनानाथ गौतम चुनावी प्रतिस्पर्धामा छन् । अन्य अध्यक्षका आकाक्षीले भने चुनावी प्रक्रियामा जान खोजेपछि आफनो दावी छोडेको स्रोतको भनाई छ । अव अध्यक्ष सहित पदाधिकारीमै चुनाव हुन लागेको हो ।
माओवादीले प्रदेश सम्मेलनका लागि ५ सदस्यीय निर्वाचन समिति बनाएको छ ।
विधानमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारीको ब्यवस्था छ ।
माओवादीले पुस ११ देखि १३ गतेसम्म पार्टीको काठमाडौंमा राष्ट्रिय सम्मेलन आयोजना गदैछ । त्यस अगाढडी उसले सेल, गाउ, जिल्ला हुँदै प्रदेश सम्मेलन गदै आएको छ । विधानत उसले प्रदेश कमिटि २ सय ७५ सदस्य गठन गरिसकेको छ ।
अव त्यही प्रदेश कमिटिवाट पदाधिकरी चयनका लागि चुनाव गर्न लागेको हो ।
सर्वसम्मतको प्रयास सफल नभएपछि पार्टी अध्यक्षले नै चुनावी विधि वाट नेतृत्व चयन गर्न ग्रिन सिग्नल दिएपछि माओवादीमा चुनावी प्रक्रियावाट प्रदेश पदाधिकारी चयन हुन लागेको हो ।
वागमती र प्रदेश १ मा अध्यक्ष सम्म चुन्न सकिरहेको थिएन । प्रदेश २ मा आइतबार साझ मात्रै प्रदेश कमिटि गनठ भएको छ । पदाधिकारी चयन हुन सकेको छैन । गण्डकी, लुम्बिनी, कर्णालीमा पनि अध्यक्ष र प्रदेश कमिटि चयन भएको छ । सुदुरपश्चिममा पनि प्रदेश कमिटि मात्र चयन भएको छ ।
सकभर मिल्दा सम्म सर्वसम्मत प्रयास गर्ने र नभए विधिमार्फत चुनावी प्रक्रिया अवलम्बन गर्ने तयारीमा माओवादी लागेको हो । त्यही क्रममा आज वागमतीको अध्यक्ष सहित पदाधिकारी चयनमा चुनाव हुन लागेको हो । अध्यक्षकै प्रत्याशी रहेका डिपि ढकालले भने सरल सहयात्रीलाई समर्थन गर्ने गरी उम्मेदवारी छोडेका छन् । गौतम र सरल सहयात्रीको अध्यक्षमा अव भिडन्त हुने देखिएको हो ।
त्यस्तै उपाध्यक्षका लागि रुपा महर्जन, ज्वाला, मकवानपुरका छिन्तु, सचिवमा छिन्ताङ, चितवनका रामचन्द्र अधिकारी, महेश्वर फुयाँल, रामेछापका लक्ष्मी गुरुङ, कोषाध्यक्षमा सिन्धुलीका विदुर खड्का लगायत चुनावी प्रतिस्पर्धामा उत्रन खोजेका छन् ।
नयाँ नेतृत्व चयन गर्न माओवादी केन्द्रले अहिले बिहान ११ बजे काठमाडौंस्थित अनुपम फुडल्यान्डमा चुनावी प्रक्रिया अगाडी बढाउन लागेको छ । ‘कार्यसमिति चयन गर्न आज ११ बजे निर्वाचन कार्यक्रम हुनेछ’, माओवादी केन्द्रका बागमती प्रदेश सदस्य रहेका र अध्यक्षका दावी गरिरहेका सरल सहयात्रीले भने ।














पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया