उच्च शिक्षामा आर्थिक हैसियत भएकाको मात्रै पहुँच हुनुहुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यतामा सरकार दृढ रहेको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उनले सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्जना राष्ट्र तथा समाजका लागि उपयोग गर्नसक्ने वातावरण निर्माण गर्नु मुलुकको राष्ट्रिय दायित्व रहेको स्पष्ट पारे । प्रधानमन्त्री देउवाले विश्वविद्यालयको शिक्षा केवल औपचारिक तथा सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनोपयोगी र समाज विकास एवं रुपान्तरणमा सहयोगी बन्नुपर्नेमा जोड दिए ।
“मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न सिर्जनात्मक, नवप्रवर्तनशील र युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्ति हुनुपर्दछ”, प्रधानमन्त्री देउवाले भने, “आजको विश्व शैक्षिक बजारमा युग सापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ ।”
उनले शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि हुनुपर्ने धारणा व्यक्त गरे । विश्वविद्यालयलको नेतृत्वले भौतिक, शैक्षिक सुधार तथा विद्यार्थी कल्याण सम्बन्धिका कार्यका साथै स्तरोन्नतिका प्रयासलाई निरन्तरता दिन सुझाव दिए ।
उनले दीक्षित भएर गएका दिक्षार्थीको अनुहारमा नेपालको सुन्दर मुहारको प्रतिविम्ब देखिरहेको समेत बताए । विश्वविद्यालयबाट ग्रहण गरेको ज्ञान र सीप उत्पादनशील कार्यमा लाग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भने, “भोलि देशलाई कुन दिशामा लैजाने हो, त्यो तपाईहरुको सोच, अठोट र कर्ममा निर्भर छ ।”
मुलुकका ७७ मध्ये ७६ जिल्लामा एक हजार १२० क्याम्पस रहेका छन् । विश्वविद्यालयबाट विसं २०७७ असार १ देखि २०७८ जेठ ३२ सम्म ट्रान्सक्रिप्ट लिई ५९औँ ग्रेस लिष्टमा समावेश भएका विद्यावारिधि, डिएम÷एमसिएच, दर्शनशास्त्री, स्नातकोत्तर र स्नातक तहका गरी कूल २९ हजार ७२९ विद्यार्थी/शोधार्थी आज दीक्षित भएका समारोहमा जानकारी गराइएको थियो ।
















डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
Hetauda Cement Industry shut for lack of raw materials
मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
गतिशील सहकारीका अध्यक्ष पाठक पक्राउ
प्रतिक्रिया