पाँच महिनामा ३० अर्ब वैदेशिक लगानीको प्रतिबद्धता

काठमाडौँ । चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मंसिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकअनुसार ३० अर्ब रुपैयाँ बराबरको लगानीमा एक सय २२ वटा उद्योगमा प्रतिबद्धता आएको हो ।
विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार विभिन्न छ वटा शीर्षकअन्तर्गत उक्त उद्योग दर्ता भएका छन् । जसमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रमा आएको छ । सो क्षेत्रका ३५ उद्योगमा मात्रै १५ अर्ब ९५ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो ।
यस्तै, कृषि तथा वन पैदावारमा आधारित उद्योगमा चीनबाट चार वटा लगानी प्रतिबद्धता आएको छ । प्रति उद्योगमा १५ करोडका दरले चार उद्योगमा ६० करोड लगानी प्रतिबद्धता आएको तथ्यांकमा उल्लेख छ ।
ऊर्जामूलक उद्योगमा नेदरल्याण्डबाट एक उद्योगमा पाँच करोड ६० लाख, सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित ६ उद्योगमा ४५ करोड लगानी आएको छ । उत्पादनमूलक क्षेत्रका १९ उद्योगमा तीन अर्ब २४ करोड र पर्यटनसँग सम्बन्धित ५५ उद्योगमा नौ अर्ब ५५ करोड बराबरको लगानी प्रतिबद्धता आएको छ ।
नयाँ व्यवस्थाअनुसार पाँच करोडभन्दा कम लगानीमा नेपालभित्र विदेशी लगानीको उद्योग दर्ता हुँदैन । विभागले सार्वजनिक गरेको पाँच महिनाको विदेशी लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव चीनबाट आएको पाइएको छ ।
तथ्यांकअनुसार पाँच महिनामा कूल प्रतिबद्धताको करिब ८० प्रतिशत चीनबाट आएको छ । चीनबाट १०२ उद्योगमा २३ अर्ब ६४ लाख बढीको प्रतिबद्धता आएको छ ।

















राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको परिणाम : आयोग
निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन आयुक्त भण्डारीको आग्रह
इरान युद्धसँगै भ्रामक सूचनाको बाढी
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया