पाँच महिनामा ३० अर्ब वैदेशिक लगानीको प्रतिबद्धता

काठमाडौँ । चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मंसिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकअनुसार ३० अर्ब रुपैयाँ बराबरको लगानीमा एक सय २२ वटा उद्योगमा प्रतिबद्धता आएको हो ।
विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार विभिन्न छ वटा शीर्षकअन्तर्गत उक्त उद्योग दर्ता भएका छन् । जसमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रमा आएको छ । सो क्षेत्रका ३५ उद्योगमा मात्रै १५ अर्ब ९५ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो ।
यस्तै, कृषि तथा वन पैदावारमा आधारित उद्योगमा चीनबाट चार वटा लगानी प्रतिबद्धता आएको छ । प्रति उद्योगमा १५ करोडका दरले चार उद्योगमा ६० करोड लगानी प्रतिबद्धता आएको तथ्यांकमा उल्लेख छ ।
ऊर्जामूलक उद्योगमा नेदरल्याण्डबाट एक उद्योगमा पाँच करोड ६० लाख, सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित ६ उद्योगमा ४५ करोड लगानी आएको छ । उत्पादनमूलक क्षेत्रका १९ उद्योगमा तीन अर्ब २४ करोड र पर्यटनसँग सम्बन्धित ५५ उद्योगमा नौ अर्ब ५५ करोड बराबरको लगानी प्रतिबद्धता आएको छ ।
नयाँ व्यवस्थाअनुसार पाँच करोडभन्दा कम लगानीमा नेपालभित्र विदेशी लगानीको उद्योग दर्ता हुँदैन । विभागले सार्वजनिक गरेको पाँच महिनाको विदेशी लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव चीनबाट आएको पाइएको छ ।
तथ्यांकअनुसार पाँच महिनामा कूल प्रतिबद्धताको करिब ८० प्रतिशत चीनबाट आएको छ । चीनबाट १०२ उद्योगमा २३ अर्ब ६४ लाख बढीको प्रतिबद्धता आएको छ ।









झापा भिरबाट लडेर एक जनाको मृत्यु
देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
सेयर बजारमा १३ अंकको गिरावट, तीन अर्ब ५१ करोडकाे काराेबार
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया