सोमबार, पुष ७, २०८२

साताको अन्तिम दिन १२ अंकले शेयर बढ्यो

मेरोन्यूज २०७८ पुष ८ गते १६:०३

काठमाडौँ । साताको अन्तिम दिन शेयर बजारमा सुधार आएको छ ।
साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक १२ अंकले बढेको छ ।
नेप्से परिसूचक १२.५३ अंकले बढेर परिसूचक २५२०.२३ पुगेर कारोबार बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
साताको पहिलो कारोबारको दिन सोमबार १७ अंकले घटेको सेयर बजार मंगलबारदेखि भने उकालो लागेको थियो ।
अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकलाई स्थानीय सरकारको सञ्चित कोषबाट ८० प्रतिशत रकम निक्षेप राख्न पाउने व्यवस्था गरेपछि बजारको तरलता संकट हट्ने विश्वासले लगानीकर्ता सेयरबजारप्रति आकर्षित हुँदा मंगलबारदेखि बजार उकालो लाग्न सुरु गरेको थयो ।
मंगलबारको कारोबारमा परिसूचक ५६ अंकले बढेको थियो । बुधबारको कारोबारमा पनि सेयर बजार परिसूचक ९२ अंकले बढेको थियो ।
विहीबार नेप्सेमा नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.१० अंक अर्थात् .०२ प्रतिशतले सामान्य अंकले बढेर ४७७.२६ अंकमा उक्लिएको छ ।
४ अर्ब ४९ करोड २६ लाख ६ हजार ४ सय १० रूपैयाँ बराबरको कारोबार हँदा ८३ लाख २३ हजार ९ सय २३ कित्ता सेयर किनबेच भएको छ।
बिहिबारको कारोबारमा ९९ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने ८७ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

प्रतिक्रिया