सोमबार, पुष ७, २०८२

घट्यो सुनको मूल्य

मेरोन्यूज २०७८ पुष ९ गते ११:४९

काठमाडौं । सुनचाँदी बजारमा सुनको मुख्य २ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाले घटेर ९३ हजार एक सय रुपैयाँमा आएको छ ।
सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको शुक्रबारको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ ।

सुनको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार ८०० तोकिएको थियो ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २६०मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१० डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया