माओवादी महाधिवेशन
एमालेसँग पुनः एकता हुने प्रचण्डको संकेत
इमान्दारितापूर्वक बोलेको भन्दै प्रचण्डले गरे देउवाको प्रशंसा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग पुनः एकता हुने संकेत गरेका छन् ।
आइतबारबाट काठमाडौंमा सुरु भएको आठौं महाधिवेशनको उदघाटन सत्रमा बोल्दै प्रचण्डले एमालेसँग भएको एकताबारे पुनः समिक्षा गर्नुपर्ने बताए ।
उनले एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेको एमाले महासचिव शंकर पोखरेलको कुरामा समर्थन जनाए ।
‘हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं । फेरि एकपटक आत्मसमिक्षा गरौं’, प्रचण्डले एमालेप्रति लक्षित गर्दै प्रश्न गरे, ‘हामी किन दुई ठाउँमा हुन पुग्यौं ?’
पार्टी एकता गर्नुको आफूहरुको उद्देश्य गलत नभएको नेता पोखरेलको भनाईमा प्रचण्डले समर्थन जनाए । प्रचण्डले यसबारेमा एमालेभित्र पनि पुनः समिक्षा गर्न आग्रह गरे ।
माओवादी अध्यक्ष प्रचण्डले महाधिवेशन उदघाटन समारोहमा बोलेका सबै नेताहरुको प्रशंसा गरे ।
उनले राप्रपादेखि क्रान्तिकारी माओवादी नेता सीपी गजुरेलको समेत प्रशंसा गरे । राप्रपा नेतृ कुन्ती शाहीले विचार नमिले पनि राष्ट्रियताको सवालमासँगै रहने भनी बताएको भन्दै प्रचण्डले प्रशंसा गरे ।
प्रचण्डले क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलको अभिब्यक्तिलाई आफूले गम्भीर ढंगले लिएको बताए । ‘यसअघि सीपीजीले तितो कुरा राख्नुहुन्थ्यो । आज उहाँको कुरा पनि गम्भीर ढंगले राख्नुभयो’, प्रचण्डले भने, ‘उहाँ बोलिसकेपछि तपाइँको नोट पनि रैछ, मलाइ दिन सक्नु हुन्छ भनेर मागेको थिएँ, उहाँले दिन्छु भन्नु भएको छ ।’
प्रचण्डले गजुरेलको अभिब्यक्ति ठूलो एतिहासिक सन्दर्भसहितको सकारात्मक सन्देशका रुपमा लिएको बताए ।
प्रचण्डले महाधिवेशनमा तयार गरेको दस्तावेजमा सबैभन्दा बढी आत्मालोचना आफ्नै गरेको पनि बताए ।
















विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया