यस्तो छ आजको सुनचाँदीको दरभाउ

काठमाडौं । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । विहीबार प्रतितोला रु ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला रु ९२ हजार ७ सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य शुक्रबार प्रतितोला रु ९२ हजार २ सय छ । तेजाबी सुन बिहीबार प्रतितोला रु ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २६० पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबारका मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार ८१८ डलर आसपास कारोबार भइरहेको छ ।


















यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया