यस्तो छ आजको सुनचाँदीको दरभाउ

काठमाडौं । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । विहीबार प्रतितोला रु ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला रु ९२ हजार ७ सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य शुक्रबार प्रतितोला रु ९२ हजार २ सय छ । तेजाबी सुन बिहीबार प्रतितोला रु ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २६० पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबारका मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार ८१८ डलर आसपास कारोबार भइरहेको छ ।
प्रतिक्रिया