सोमबार, पुष १४, २०८२

लागू औषधसहित दुई जना पक्राउ

मेरोन्यूज २०७८ माघ १७ गते १०:२०

काठमाडौँ । सर्लाही प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । मलंगवा–नवलपुर सडकअन्तर्गत कविलासी नगरपालिका ८, मा जाँचका क्रममा आइतबार राति दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ८ का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका ६ का अशोक लामा रहेका छन् । जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीका अनुसार एचआर २६ बिपि १८७६ नम्बरको कारमा सवार उनीहरु लागू औषधसहित पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट डाइलेक्स डिसी १०० एम एल ११ बोटल, नोफिन फेनेरागन ११ एम्पुल र हाई(टिच इन्जेक्सन ३ पिस बरामद भएको हो ।

प्रतिक्रिया