कोभिड र खराव मौसमले एकै दिन विश्वभर ४४ सय उडान रद्द
मेरोन्यूज
२०७८ पुष १८ गते १५:३९

न्युयोर्क । कोभिड संक्रमण र खराब मौसमका कारण शनिबार विश्वभर करिव चार हजार ४०० उडान रद्द भएका छन् । रद्द भएकामध्ये आधाभन्दा बढी अर्थात दुई हजार ५०० उडान अमेरिकामा भएको एअर ट्राफिक साइट फ्लाइटअवेरले जनाएको छ ।
कोभिड संक्रमितको संसर्गमा रहका वायुसेवाका कर्मचारी क्वारेन्टिनमा बस्दा समस्या अझै जटिल बनेको फ्लाइटअवेरले जनाएको छ । त्यस्तै, हिमपातलगायत प्रतिकूल मौसम उडानमा अर्को बाधक बनेको थियो । चाइना इस्टर्नले ५०० र एयर चाइनाले २०० भन्दा बढी उडान रद्द गरेको थियो ।
अमेरिकामा साउदवेस्टले ४५० उडान रद्द गरेको थियो । त्यस्तै, अमेरिकन एयरलाइन्स र डेल्टा एयरले २०० तथा युनाइटेड एयरलाइन्सले १५० भन्दा बढी उडान रद्द गरेको थियो ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया