इमरान खानकी पूर्वपत्नी रिहाम खानको आक्रोशः यही हो नयाँ पाकिस्तान ?

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रिहाम खानले देशको शान्ति सुरक्षा र कानुनी व्यवस्थाप्रति आक्रोश पोखेकी छिन् । आफ्नो कारमा आगजनी भएपछि पूर्वपत्नी रिहामले सरकारप्रति आक्रोश पोखेकी हुन् ।
शृंखलाबद्ध ट्विटमा रिहामले प्रश्न गरेकी छिन्, ‘यही हो इमरान खानको नयाँ पाकिस्तान?’ एउटा अज्ञात समूहले आईतबार राती रिहामको गाडीमा आगाे लगाइदिएकाे थियो । आगजनीको समयमा गाडीभित्र रिहामका सहयोगी र चालक थिए ।
‘भतिजाको विवाहमा सहभागी भएर फर्किने क्रममा मोटरसाइकलमा आएका दुई जनाले मेरो गाडीमा आगजानी गरेका छन् । आगजानी हुँदा मेरा सहयोगी र चालक गाडीभित्रै थिए । यही हो इमरानको नयाँ पाकिस्तान ? ठग र लोभीको सरकारलाई स्वागत छ,’ उनले ट्विट गरेकी छिन् ।
सरकारको प्रखर आलोचकसमेत रहेकी रिहामले आगजनीको जिम्मा सरकारले लिनुपर्ने बताएकी छिन् ।
दन्डहीनताका कारण खान नेतृत्वको सरकारमा गुन्डागर्दी र डकैतीले प्रश्रय पाएको उनको भनाई छ । ‘म औषत पाकिस्तानीजस्तै बाँच्न र मर्न चाहन्छु । कातरपूर्ण हमला वा दन्डहीनता जेसुकै भए पनि आक्रमणको जिम्मा सरकारले लिनुपर्छ ,’ उनले लेखेकी छिन् । एजेन्सी
















क्लस्टर वारहेडसहित उत्तर कोरियाको परीक्षण
Textbooks arrive in Karnali before start of new academic session
सवारी चालक अनुमतिपत्र छपाइ तीव्रगतिमा जारी
नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया