सुल्तानपुरमा मोदीलाई कालोझण्डा देखाउने रीतामाथि गोली प्रहार
मेरोन्यूज
२०७८ पुष २० गते १०:४६

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उत्तर प्रदेशको सुल्तानपुरमा कालो झण्डा देखाएकी महिलामाथि गोली प्रहार भएको छ । उत्तर प्रदेशको सुल्तानपुरमा नै भारतीय प्रधानमन्त्री मोदीलाई कालो उनले झण्डा देखाएकी थिइन् ।
गत नोभेम्बर १६ मा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रेस–वे उदघाटन समारोहलाई सुल्तानपुरमा सम्बोधन गरिरहेकाबेला रीताले कालो झण्डा देखाएकी थिइन् ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर दुई दिनपछि छाडेको थियो । सो घटना भएको एक महिनापछि उनी कांग्रेसमा प्रवेश गरेकी थिइन् । रीतालाई सुल्तानपुरबाट घर फर्किदै गर्दा राजमागर्गमा गोली प्रहार भएको हो ।
गोली लागेर घाइते यादवको अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया