बिहीबार, फागुन २१, २०८२

अल्फा बिटाले अष्ट्रेलिएन एजुकेशन फेयर सञ्चालन गर्दै

मेरोन्यूज २०७८ पुष २१ गते १०:५९

काठमाडौं । शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको अल्फा बिटाले पौष २३ गते शुक्रबारदेखि अष्ट्रेलिएन एजुकेशन फेयर सञ्चालन गर्ने भएको छ ।

काठमाडौंकाे नयाँ बानेश्वरस्थित आफनै भवन अल्फा बिटा कम्प्लेक्सको चौथो तल्लामा आयोजना हुन लागेको अष्ट्रेलिएन एजुकेशन फेयरमा अष्ट्रेलियाका २० युनिभर्सिटी तथा कलेजको सहभागिता हुने अल्फा बिटाका प्रमुख कार्यकारी अधिकृत एवम् अध्यक्ष द्विराज शर्माले जानकारी दिए ।

एजुकेशन फेयरको राजदुत महामहिम फेलिसिटि वोल्कले उदघाटन गर्ने कार्यक्रम रहेको शर्माले जानकारी दिए ।

उदघाटन कार्यक्रममा न्यू साउथ वेल्सका लागि नेपालका महावाणिज्य दूत दीपककु्मार खडका, अस्ट्रेलियाका पूर्व नेपाली विद्यार्थी संघका अध्यक्ष रामहरी अर्याल, एकस एण्ड एस अकाउन्टिङ बिजनेस सर्भिसका सञ्चालक तथा अल्फा बिटा ग्लोबल सिड्नीका निर्देशक गोबा कटुवाल लगायतको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ ।

नेपाली विद्यार्थीले सबैभन्दा बढि रुचाएका मध्येको एक गन्तव्यका रुपमा रहेको अष्ट्रेलियाका शहरहरु विश्वमै विकाशित तथा सुरक्षित मानिन्छन् । साथै, अष्ट्रेलियन युनिभर्सिटि तथा कलेजहरुले संसारभरिनै गुणष्तरता, नवीनता तथा समावेशितामा आफनो छुट्टै पहिचान बनाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

लामो समयसम्म कोभिडका कारणले आफना अन्तराष्ट्रिय सिमाना बन्द गरेको अष्ट्रेलियाले गत डिसेम्बर १५ देखि कोभिड बिरुद्धको खोपाको मात्रा पूरा गरेका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि खुला गरेसँगै नेपाली विद्यार्थीहरुको अष्ट्रेलियाप्रतिको मोह बढेको छ ।

एजुकेशन फेयरमा भर्खरै कक्षा १२ को नतिजा प्रकाशित भएको तथा विभिन्न संकायका ब्याचलरर्स लेभलका नतिजा पनि चाडै नै प्रकाशित हुने भएकाले विद्यार्थीहरुले आफनो कोर्स इन्ट्री क्राइटेरीया, स्कलरसिप जस्ता विषयमा कलेज तथा युनिभर्सिटीका आधिकारीक व्यक्तिहरुसँग परामर्श लिन पाउने शर्माले बताए ।

अन्तर्राष्ट्रिय डिग्री तथा अनुभव लिन इच्छुक विद्यार्थीहरुले कुनै पनि कोर्ष, युनिभर्सिटी तथा कलेज छान्नु अगाडि तुलनात्मक रुपमा आफनालागि सबैभन्दा उत्तम विकल्प कुन हो भनेर बुझनु पर्ने हुन्छ ।

यस मेलामा अष्ट्रेलियन युनिभर्सिटी तथा कलेजहरुका साथै अङ्गेजी भाषा परिक्षण गराउने आइएलटीएस तथा पीटीईका आधिकारीक व्यक्तिहरु, इन्स्योरेन्स तथा बैड्ढहरुले पनि सहभागिता जनाउने छन् ।

एजुकेशन फेयरमा आउनेहरुलाई मास्क तथा सेनिटाइजर अनिवार्य गरिएको तथा विद्यार्थी तथा अभिभावकहरुले कुनै पनि किसिमको शुल्क तिर्नु नपर्ने शर्माले जानकारी दिए ।

प्रतिक्रिया