अब बाणिज्य बैंकबाट खल्ती वालेटमा पैसा राख्न सकिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिंगबाट अब ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने भएको छ ।
नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ । यस सम्झौताले राष्ट्रिय वाणिज्य बैंकका प्रयोगकर्ताहरूलाई मोबाइल बैंकिङ एप मार्फत् खल्तीमा पैसामा राख्न गर्न सम्भव बनाएको हो ।
यो साझेदारीसँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट पैसा राखी सबै प्रकारको भुक्तानी गर्नसक्ने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए ।
यो सहकार्यले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा सावित हुने उनले विश्वास ब्यक्त गरे ।
‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो ।
२० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साइटमा भुक्तानी गरि साठी हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया