बजरंगलाई अनसन तोडाउन महोत्तरी पुगे धनराज

महोत्तरी । नेपाली कांग्रेस महोत्तरीका अनसनरत नेता बजरङ्ग नेपालीलाई अनसन तोडाउन नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ महोत्तरी पुगेका छन् ।
दुई दिनदेखि भोक हडतालमा रहेका नेपालीले कांग्रेस उपसभापति गुरुङको उपस्थितिमा विहीबार बेलुका नै अनसन तोड्ने महोत्तरी कांग्रेसले जनाएको छ ।
अनसनरत नेपाली तथा नेपाली कांग्रेसको जुन माग थियो त्यो केन्द्रबाट सम्बोधन भएको छ त्यसैले भोकहडताल अहिले तोड्दै छौं,’ नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले जानकारी दिए ।
नेता नेपालीले विवादित क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन सकाएपछि मात्र जिल्ला अधिवेशन गराउनुपर्ने माग राख्दै दुई दिनदेखि भोक हडताल सुरु गरेका थिए ।
नेपाली कांग्रेस महोत्तरीका पूर्व महासचिव समेत रहेका नेपालीको भोकहडताललाई केन्द्रले ध्यानाकर्षण जनाउँदै दुई माघमा क्षेत्र नम्बर ३ को अधिवेशन निर्धारण गरेको छ ।
नेपालीले जिल्ला पार्टी कार्यालय महोत्तरीमा नै अनसन बसिरहेका छन् ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया