बजरंगलाई अनसन तोडाउन महोत्तरी पुगे धनराज

महोत्तरी । नेपाली कांग्रेस महोत्तरीका अनसनरत नेता बजरङ्ग नेपालीलाई अनसन तोडाउन नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ महोत्तरी पुगेका छन् ।
दुई दिनदेखि भोक हडतालमा रहेका नेपालीले कांग्रेस उपसभापति गुरुङको उपस्थितिमा विहीबार बेलुका नै अनसन तोड्ने महोत्तरी कांग्रेसले जनाएको छ ।
अनसनरत नेपाली तथा नेपाली कांग्रेसको जुन माग थियो त्यो केन्द्रबाट सम्बोधन भएको छ त्यसैले भोकहडताल अहिले तोड्दै छौं,’ नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले जानकारी दिए ।
नेता नेपालीले विवादित क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन सकाएपछि मात्र जिल्ला अधिवेशन गराउनुपर्ने माग राख्दै दुई दिनदेखि भोक हडताल सुरु गरेका थिए ।
नेपाली कांग्रेस महोत्तरीका पूर्व महासचिव समेत रहेका नेपालीको भोकहडताललाई केन्द्रले ध्यानाकर्षण जनाउँदै दुई माघमा क्षेत्र नम्बर ३ को अधिवेशन निर्धारण गरेको छ ।
नेपालीले जिल्ला पार्टी कार्यालय महोत्तरीमा नै अनसन बसिरहेका छन् ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया