सुदूरपश्चिममा नेपाल बैंकको डिजिटल बैंकिङ् साक्षरता अभियान

काठमाडौं । नेपाल बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा डिजिटल बैंकिङ् साक्षरता अभियान सञ्चालन गरेको छ ।
बैंकले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, एमिटि कलेज, महेन्द्रनगर र सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बिद्यार्थीहरु लगायत समाजका सबै वर्गलाई डिजिटल बैकिङ् सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ्का प्रविधिहरुमा अभ्यस्त गराउने साथै वित्तीय पहुंच अभिबृद्धि गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका र पोखरा विश्वविद्यालयको बिबिए अध्यापन गराउदै आएको एमिटि कलेज र सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा नेपाल बैंक सुदूरपश्चिम प्रदेशको पहलमा अभियान सञ्चालन गरिएको थियो ।
भिमदत्त नगरपालिकामा संचालीत डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रममा भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र सामाजिक कार्यक्रम प्रमुख गोमा अवस्थीको उपस्थिति रहेको थियो ।
नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाका शाखा प्रबन्धक महेशराज जोशीले डिजिटल बैकिङ् वित्तीय साक्षरता सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
त्यसैगरी एमिटि कलेज महेन्द्रनगरमा संचालित डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रममा कलेजका प्रधानाध्यापक रबिन्द्र अवस्थी, कलेजका बोर्ड सदस्य डा. नरेद्र बहादुर चन्द र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख जनकप्रसाद सुवेदीको उपस्थिति रहेको थियो ।
यस्तै, सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा संचालीत डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय ब्यवस्थापन संकायका डिन प्रा. डा. पदमराज जोशी र सुदूरपश्चिम विश्वविद्यालय ब्यवस्थापन विभागका विभागीय प्रमुख शंकर दत्त भट्टको उपस्थिति रहेको थियो ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया