मलेसियामा मृत्युदण्ड सुनाइएकासहित २५ नेपालीको उद्धार

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा मलेसियामा रहेका २५ नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर विभिन्न कारणले जेल जीवन बिताइरहेका २५ नेपाली बिहीबार स्वदेश फर्किएका हुन् ।
यसरी घर फर्किनेमा मलेसियामा मृत्युदण्ड सुनाइएका सप्तरीका ३८ वर्षीय राजकुमार साह र दुई महिलासहित २५ नेपाली रहेका छन् । सन् २०१८ को २९ जुलाइमा उच्च अदालतले राजकुमारसहित मलेसियाका अन्य दुई व्यक्तिलार्ई ‘लागू औषध’ कारोवारमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला सुनाएको थियो ।
उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएपछि त्यहाँस्थित नेपाली दूतावासको आर्थिक र अन्य सहयोगमा राजकुमारले माथिल्लो अदालतमा पुनरावेदन गरेका थिए । संघका उपाध्यक्ष डा केसीले संयोजन गरिरहेको संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभाग अन्तर्गतको राहत तथा उद्धार कार्यक्रममार्फत ती नेपालीलाई जेलबाट छुटाएर स्वदेश फर्काइएको हो ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया