लागु औषधसहित दुई जना पक्राउ
मेरोन्यूज
२०७८ पुष २४ गते ८:५१
काठमाडौँ । सप्तरी प्रहरीले लागू औषधसहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ साइकलमा आइरहेका तिलाठी कोइलाडी गाउँपालिका ८ बस्ने २० वर्षीय परमान्द महतो र विष्णुपुर गाउँपालिका ४ बस्ने २३ वर्षीय तेजनारायण यादवलाई लागु औषधसहित पक्राउ गरेको हो ।
उनीहरूलाई सप्तरीको राजगढ गाउँपालिका ६ बनैनियाँबाट पक्राउ गरेको सप्तरीका प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उनीहरुसँग रहेको एसपिएम प्रोक्सिभोन चार सय ८ थान, नाइट्राभेट १० लेखिएको ४ थान र डाइलेक्स डिसी सय एमएलको ४ थान बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूलाई लागू औषध ओसारपसार सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको काफ्लेले बताए ।
सम्बन्धित















वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सम्पत्ति छानबिन आयोगले सुरु ग-यो काम
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया