बुधबार, पुष ३०, २०८२

वीरगञ्जमा बालिकाको शव फेला

मेरोन्यूज २०७८ पुष २४ गते १३:०१

काठमाडौँ । वीरगञ्ज महानगरपालिका १६ नगवामा बालिकाको शव फेला परेको छ । वीरगञ्ज १५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको हो ।

निर्माणधीन घरको चेपमा बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव निकाल्ने, घटनास्थल शव जाँच मुचुल्का तयार गर्ने लगायत अनुसन्धानका काम भइरहेको छ । शव पोष्टमार्टम गर्न नारायणी अस्पताल पठाइएको छ ।

पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया