भ्यालेन्सियामाथि रियलमड्रिडको सानदार जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियामाथि सानदार जित निकालेको छ ।
शीर्ष स्थानमा रहेको रियलमड्रिडको घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियालाई ४–१ ले गोलले पराजित गरेको हो । रियल मड्रिडको जितमा करिम बेन्जिमा र भिनिसियस जुनियरले समान २–२ गोल गरे ।
रियालका लागि खेलको ४३ औं मिनेटमा पेनाल्टीमार्फत बेन्जिमाले पहिलो गोल गरे भने खेलको ५२ औं मिनेटमा जुनियरले गोल गर्दै अग्रता दोब्बर पारे ।
खेलको ६१ औं मिनेटमा जुनियरले नै गोल गर्दै रियललाई ३–० ले अग्रता दिलाए भने खेलको ७६ औं मिनेटमा भ्यालेन्सियाका लागि गोन्कालो गुएडेसले एक गोल फर्काएका थिए ।
खेलको ८८ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा रियालले ४–१ ले विजयी भयो ।
जितपछि शीर्ष स्थानको रियल मड्रिडको २१ खेलबाट ४९ अंक भएको छ । २ खेल कम खेलेको सेभिल्ला ४१ अंकसहित दोस्रो स्थानमा छ । रियलसँग पराजित भ्यालेन्सिया २० खेलबाट २८ अंक जोड्दै नवौं स्थानमा छ ।
शनिवार रातीकै खेलमा बार्सिलोना र ग्रानाडा एक एक गोलको बराबरीमा रोकिँदा लाभेन्टाले मालोर्कालाई २–० लाई पराजित गरेको छ भने रियल सोसिडाडले सेल्टा भिगोलाई १–० ले पराजित गरेको छ ।
सेल्टाभिगोलाई पराजित गर्दै रियल सोसिडाड २० खेलमा ३३ अंक जोड्दै शीर्ष ४ मा उक्लिएको छ ।


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उदयपुरमा आगोमा जलेर २ जनाको मृत्यु
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया