१९ फरार प्रतिवादी पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका १९ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पुस १ गतेदेखि २५ गतेसम्म प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका १९ फरार प्रतिवादी पक्राउ गरेको हो ।
सार्वजनिक अपराध मुद्दामा फरार रहेका नौ, लुटपाट मुद्दामा फरार रहेका दुई, गाली बेइज्जती मुद्दामा फरार रहेका दुई, दुनियावादी फौजदारी मुद्दामा फरार रहेका एक, सम्बन्धविच्छेद मुद्दामा फरार रहेका एक, विष्फोटक पदार्थ मुद्दामा फरार रहेका एक, चोरी मुद्दामा फरार रहेका एक, अंशवण्डा मुद्दामा फरार रहेका एक, सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका प्रतिवादीबाट दुई महिना तीन दिन कैद र ५५ हजार ५०१ जरीवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
प्रहरीले विभिन्न अपराधमा सजाय पाएर फरार रहेका प्रतिवादीको पक्राउ अभियान तीव्र पारेको छ ।












Baglung adds 5,253 new voters for this poll
कांग्रेस सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क, अन्य कुनमा कति ?
सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
NC leadership urged to take ownership of Special General Convention
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ:असिम शाह
प्रतिक्रिया