बुधबार, पुष १६, २०८२

नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशकको राजीनामा

मेरोन्यूज २०७८ पुष २७ गते १५:४६

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।

उनी नारायणहिटी संग्रहालयको जग्गा प्रकरणमा मुछिएका थिए ।

बतास समूहलाई क्याफेटेरिया (रेष्टुरेन्ट) सञ्चालनका लागि ठेक्का दिएको प्रकरणमा विवादमा मुछिएपछि दाहालले मंगलबार राजीनामा दिएका हुन् ।

दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

यसैबीच, समितिका कार्यकारी निर्देशक दाहालले दिएको राजीनामा स्वीकृत भएको छ ।

उनले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएकाे र उनको राजीनामा आज नै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया