नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशकको राजीनामा
मेरोन्यूज
२०७८ पुष २७ गते १५:४६

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।
उनी नारायणहिटी संग्रहालयको जग्गा प्रकरणमा मुछिएका थिए ।
बतास समूहलाई क्याफेटेरिया (रेष्टुरेन्ट) सञ्चालनका लागि ठेक्का दिएको प्रकरणमा विवादमा मुछिएपछि दाहालले मंगलबार राजीनामा दिएका हुन् ।
दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
यसैबीच, समितिका कार्यकारी निर्देशक दाहालले दिएको राजीनामा स्वीकृत भएको छ ।
उनले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएकाे र उनको राजीनामा आज नै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया