प्रधानमन्त्री कपः एपीएफको लगातार दोस्रो जित
मेरोन्यूज
२०७८ पुष २७ गते १६:५४

काठमाडौं । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा भएको मंगलबारको दोस्रो खेलमा समूह ‘बी’ को टिम एपीएफले बागमति प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।
१२६ रनको लक्ष्य पछ्याएको एपीएफले १८.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । एपीएफका लागि लोकेश बमले अर्धशतक पार गरे भने प्रदीप ऐरीले नटआउट ३६ रन जोडे ।
बमले २४ बलमा १० चौका र १ छक्का हिर्काए। सन्दीप जोराले नटआउट १५ रन जोडे।
बलिङमा बागमतिका रामनरेश गिरी, रिजन ढकाल र प्रतिश जिसीले १–१ विकेट लिएका थिए ।
यसअघि मंगलबार भएको अर्को खेलमा प्रदेश २ ले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया