प्रधानमन्त्री कपः एपीएफको लगातार दोस्रो जित
मेरोन्यूज
२०७८ पुष २७ गते १६:५४

काठमाडौं । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा भएको मंगलबारको दोस्रो खेलमा समूह ‘बी’ को टिम एपीएफले बागमति प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।
१२६ रनको लक्ष्य पछ्याएको एपीएफले १८.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । एपीएफका लागि लोकेश बमले अर्धशतक पार गरे भने प्रदीप ऐरीले नटआउट ३६ रन जोडे ।
बमले २४ बलमा १० चौका र १ छक्का हिर्काए। सन्दीप जोराले नटआउट १५ रन जोडे।
बलिङमा बागमतिका रामनरेश गिरी, रिजन ढकाल र प्रतिश जिसीले १–१ विकेट लिएका थिए ।
यसअघि मंगलबार भएको अर्को खेलमा प्रदेश २ ले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।
सम्बन्धित


















वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया