बहुउद्देश्यीय संघको साधारण सभा रोक्न अदालतको अन्तरिम आदेश

ललितपुर । जिल्ला अदालत ललितपुरले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको ९औं साधारण सभा स्थगित गर्न आदेश दिएको छ । संघका सचिव माधवप्रसाद तिमल्सिनाले उपाध्यक्ष र केही पदाधिकारीहरुको बैठकले गरेको निर्णयको हवाला दिँदै २९ गते साधारण सभा गर्ने घोषणा गरेका थिए ।
उनले बुधबार बिहान पत्रकार सम्मेलन आयोजना गरी साधारण सभा गर्ने बताएका थिए । संघको नियम विपरीत साधारणसभा आयोजना गर्न लागेपछि जिल्ला अदालतले सो साधारण सभा हाललाई नगर्न अन्तरिम आदेश दिएको हो ।
आदेशपछि सचिव तिमल्सिनालगायतको समूहले गर्ने भनेको साधारण सभा स्थगित भएको छ । न्यायाधीश चुरामन खड्काको एकल इजलासले साधारण सभामा २८ वटा थप संस्थालाई सहभागी गराउने सम्बन्धमा त्यसरी थप सदस्यता प्रदान गर्नबाट रोक लगाउनेलगायत विषय उल्लेख गरी सहकारी विभागमा उजुरी परी त्यसको निर्णय नभएको अवस्थामा र सदस्य संख्या नै विवादित भएको अवस्थामा सो साधारणसभा गर्नु उचित नदेखिएको आदेशमा उल्लेख छ ।
कोभिड संक्रमण तीव्र गतिमा फैलिएको अवस्थालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म २५ जना भन्दा बढी भेला गर्न समेत रोक लगाएको अवस्थामा संघको साधारणसभा हाललाई नगर्नु, आदेशमा भनिएको छ ।
संघका अध्यक्ष भण्डारीले सदस्यताको विषयमा टुंगो लगाउन बाँकी रहेको र कोभिड महामारीको अवस्थामा साधारणसभा गर्न उचित नभएको जानकारी गराउँदै सूचना जारी गरेको अवस्थामा एकपक्षीय रूपमा साधारणसभा गर्न लागेपछि अदालतले अन्तरिम आदेश दिएको उल्लेख उल्लेख गरेका छन् ।
हेर्नुहोस अदालतको आदेश



















टि २० विश्वकप :दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुग्यो न्युजिल्याण्ड
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
आजका लागि विदेशी मुद्राको विनिमयदर : डलर बढ्याे
प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान
टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
प्रतिक्रिया